हेल्लो काङ्ग्रेस,
के भनेर सम्बोधन गरम काङ्ग्रेस तिमिलाई लोकतान्त्रिक भनम कि चोर,फटा,अवसर वादी,लुटा,दलाल । के भनेर सम्बोधन गरम ।
२०६२।६३ जबकी म सानै थिए त्यो बेला देखि म काङ्ग्रेस हु, रहन्छु र आगामी दिनमा पनि हुनेछु भनेर सोचेको थिए। तर अहिले लाग्छ म काङ्ग्रेस हु भन्यो भने पनि लाग्छ कि मलाई मेरो आफ्नै जन्मभुमिले श्रापने छन् ।
किन कि जुन कारण हो एमसिसी जुन देश जनताको हितमा नहुदा नहुदै पनि सांसदमा लगेर छाति ठोकेर पास गराउछु भन्ने यस्ता भ्रष्ट पाखन्डी नेताको समिश्रणले भरिएका विपिका नाम बेच्न पल्केकाहरुको माझमा बसेर कसरी देश र जनताको हितमा काम गर्न सक्छ यो पार्टीले हैन र । हुन त मेरो यो पोष्ट हाम्रा काङ्ग्रेसका बाक्लो खोल बोकेकालाई पच्दैन तर यथार्थ यहि नै हो । अब पनि बोलिएन भने सायद कहिल्यै बोल्न सकिँदैन पनि होला ।
हुन त जनताको कुरा सुन्ने भएपो कुरा गर्नु । एउटा सानो बैठक हुनलाई त पहिला खसीको मासु र रक्सी को घ्याम्पो भर्नु पर्नेलाई जनताको के को चासो । तिमिहरुलाई त बस चुनावको नै चिन्ता छ हैन र ?