• २०८१ असोज २२ गते मङ्गलवार

संसद् अवरोध कायम रहन्छ : नेता नेम्वाङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध कायम रहने बताउनुभएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा अवरोध कायम रहने नेता नेम्वाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसद् अवरोध कायम रहन्छ । हामीसँग कसैले कुरा गरेको छैन । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसद ९हाल नेकपा (एकीकृत समाजवादी)मा रहेकालाई बैठकमा प्रवेश गर्न दिन नहुनेलगायत एमालेको माग छ ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पनि मागेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस