• २०८१ फाल्गुन ७ गते बुधवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, सुनसरी । बर्जु गाउँपालिका-५ तिनमुहानबाट १ सय केजी अवैध लागूऔषध गाँजा सहित भारत कटहरिया देवीपुर-१० बस्ने २६ वर्षीय मिठु राय लगायत ३ जना भारतीय नागरिकहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ टाउकोमा उक्त लागूऔषध बोकी लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस