• २०८१ असोज २५ गते शुक्रवार

 लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटना ।

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, गुल्मी ।गुल्मीदरबार गाउँपालिकाको बडानम्ब ३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।


शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग १ ज ५२८० नम्बरको कार पनि त्यही दुर्घटना भयो । आइतवार पनि लु २ ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ ।
तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षती भने नभएको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिए ।शीतले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस