• २०७९ असोज ९ गते आइतवार

बलात्कार आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, भक्तपुर। भक्तपुरबाट बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई पक्राउ गरेको हो ।


ललितले ती महिलालाई गत आइतबार उनकै कोठामा गएर बलात्कार गरी फरार रहेको उजुरीपछि उनलाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस