• २०८१ फाल्गुन ५ गते सोमवार

सिन्धुपाल्चोकको बेथानेचाकमा पहिरो, एकै परिवारका तीनको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं ।  सिन्धुपाल्चोकमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्षन गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।

पहिरो बिहीबार बिहान खसेको थियो ।

प्रतिक्रिया दिनुहोस