• २०८१ चैत्र २ गते आइतवार

पेचिलो बन्दै प्रहरी समायोजन : मुख्यमन्त्री र मन्त्रीको धर्ना

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं ।  संघीय सरकारसमक्ष तत्काल प्रहरी समायोजनको माग राखेर मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूले आइतबार प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिएका छन् ।

मुख्यमन्त्री र मन्त्रीले नेपाल सरकारका प्रतिनिधि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका हुन् । पहिलो चरणमा मुख्यमन्त्रीको नेतृत्वमा एक सातासम्म प्रत्येक दिन दुई घन्टा धर्ना दिइनेछ । एक सातासम्म पनि संघीय सरकारले माग सम्बोधनका लागि प्रक्रिया अघि नबढाए अर्को चरणको आन्दोलन थाल्ने मधेस प्रदेश सरकारका प्रवक्ता गृह तथा सञ्चारमन्त्री भरत साहले बताए ।

मुख्यमन्त्री राउतले संघीयताको सफल कार्यान्वयनका लागि आन्दोलनमा उत्रिएको बताए । संविधानबमोजिम प्रहरीसहित विभिन्न अधिकार प्रदेश सरकारलाई नदिएसम्म संघीयताको सफल कार्यान्वयन नहुने उनको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस