• २०७९ मङ्सिर १७ गते शनिवार

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१,काठमाडौं ।  संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।

एमाले उम्मेदवारी रहेकी विद्या भट्टराईलाई पराजित गर्दै गौतम निर्वाचित भएकी हुन् । गौतमले १४८ मत पाएकी छन् भने भट्टराईले ९३ मत प्राप्त गरिन् । मतदानमा २४२ मत खसेको थियो ।

६ माघ ०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस