• २०८१ चैत्र १२ गते बुधवार

ओलम्पिक डेमा मास्टर्स ट्राइयाथलन हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं  ।  नेपाल ट्राईयाथलन संघको आयोजनमा ४ असारमा तेश्रो मास्टर्स ट्राइयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा सय मिटर पौडी, ३.५ किलाेमिटर साइईक्लिङ्ग, र एक किलाेमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् ।

प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूसहित करिब एक सय खेलाडीले सहभागिता जनाउने संघकाे अपेक्षा रहेकाे सचिव सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस