• २०८१ फाल्गुन ७ गते बुधवार

खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका(२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका(३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् ।

Avatar

माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

Avatar

बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।

प्रतिक्रिया दिनुहोस