• २०७९ मङ्सिर १७ गते शनिवार

तारकेश्वर ३ मा वडाअध्यक्ष नेपाली काँग्रेसबाट र सदस्यहरु एमालेबाट विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा काँग्रेस र एमाले मिश्रित प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार परशुराम अर्याल विजयी भएका छन् ।

अर्यालले १०५१ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ९७९ मत ल्याएका छन ।मेयरमा तारकेश्वर ३ मा रुखले १२४४ मत प्राप्त गर्दा सुर्यले १०६२ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ११०४ मत प्राप्त गर्दा रुखले ११२२ मत प्राप्त गरेको छ ।

यस्तो छ मतपरिणाम :

सूर्य रुख
मेयर १०६२ १२२१
उपमेयर ११०४ ११९६
वडाध्यक्ष ९७९ १०५१
महिला सदस्य ११६५ ८९६
दलित सदस्य १०८४ ९४७
खुला सदस्य ११३१ ८२०
खुला सदस्य ९६७ ८५७

 

प्रतिक्रिया दिनुहोस