फागुन ३, दाङ । लमही नगरपालिका ५ रातोडाँडाबाट १ थान चितुवाको छाला सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-५ महसेनीखोला बस्ने ४३ वर्षीय राज कुमार पुन र तुलसीपुर उपमहानगरपालिका-११ बेलगडारी बस्ने २६ वर्षीय कृण्ण चौधरी रहेका छन् ।
वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।