• २०८१ माघ ९ गते बुधवार

सेयर  दोहोरो अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ । कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ ।

दिनभरजसो झिनो अंकले बढेको बजार अन्तिम घण्टामा बढेपनि कारोबार रकममा भने सुधार भएन । आज कुल कारोबार रकम ३ अर्ब २३ करोड ३३ लाख बराबर रह्यो भने सोमबार ३ अर्ब ६८ करोड बढीको सेयर खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस