• २०८० चैत्र १६ गते शुक्रवार

ईश्वर पोखरेल घरदैलोमा व्यस्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, काठमाडौं ।  काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रचारमा व्यस्त छन् ।

कांग्रेसका युवा नेता प्रदीप पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका बेला उनीहरुको चुनौती चिर्नेगरी पोखरेल घरदैलोसहित चुनावी कार्यक्रम व्यस्त छन् ।

यसपटक पनि विजयी भएर उक्त क्षेत्रमा ह्यार्टिक गर्ने रणनीतिमा रहेका पोखरेल दैनिक मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । सूर्य चुनाव चिह्नसहित झण्डा, ब्रोसरलागयतका चुनावी प्रचार सामग्री लिएरमात्र होइन आफ्नो र पार्टीको आगामी कार्यक्रमका एजेण्डा लिएर पोखरेल मतदाताकोमा गइरहेका छन् ।

घरदैलोमा पुगेका बेला मतदाताले पनि उनलाई मत दिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस