कात्तिक २८, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९७ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले घटेर ९७ हजार २ रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।