• २०८१ असार ३ गते आइतवार

नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८,बाँके ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।

नेपालगन्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस