• २०८१ मङ्सिर २४ गते सोमवार

काठमाडौं उपत्यकामा एकैदिन ३६ सय १७ जना सवारी चालकमाथि कारवाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६१७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १२३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना सवारी चालक रहेका छन् ।

सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो वत्तीको उल्लघन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस