भदौ २९, काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटीले तारबेश्वर नगरपालिकामा भएकाे अनियमितता एवम ढिलासुस्तीका विरूद्ध ज्ञापन पत्र बुझाएकाे छ । नेकपा एमाले तारकेश्वर नगर कमिटी अध्यक्ष बासु प्रसाद गाैतमकाे नेतृत्वमा गएकाे टाेलीले नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे हाे ।
साउन ३१ गते बुझाउने भनि तयार पारिएकाे ज्ञापन पत्र नगर प्रमुखले समय नदिदाँ ढिला गरि बुझाइएकाे हाे । भदाै २८ गते बुझाउने भनिएकाेमा नगर अध्यक्षले भदाै २९ गतेकाे लागि भनेपनि ज्ञापन पत्र बुझाउदा नगर प्रमुख उपस्थित भएनन । नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र कार्यकारी प्रमुख समेत उपस्थित नभएपछि ज्ञापन पत्र नगरका सबैभन्दा उच्च कर्मचारी शभ्भु पाैडेललाइ बुझाइएकाे हाे । तारकेश्वर नगरमा स्थानिय निर्वाचन पछिकाे १०० दिनमा भएका व्यतीथी समेटेर नगरपालिकामा ज्ञापन पज्ञ बुझाइएकाे हाे ।
तारकेश्वरले नगरपालिकामा नेकपा एमाले तारकेश्वरले ज्ञापन पत्र यस प्रकार छ : तारकेश्वर नगरपालिकामा आसन्न बैशाख ३० गतेको स्थानिय निर्वाचनमा जित हासिल गर्नु भएकोमा निर्वाचित जनप्रतिनिधीहरुलाई हार्दिक बधाई दिदैं सफल कार्यकालको शुभकामना व्यक्त गरिएपछि निर्वाचित जनप्रतिनिधीहरुले आफ्नो कार्यभार सम्हालेको पनि १०० दिन भैसकेको अवस्थामा नेपालको संविधान २०७२ को भावना अनुरुप तिन तहको सरकार मध्ये स्थानिय तहको महत्वपुर्ण सरकार स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सरकार सञ्चालन हुनुपर्नेमा जनतालाई सरकारलेनै गरेको कामको राम्रो अनुभुती हुनुको सट्टा आमजनमानसमा नगरपालिकामा एक पार्टी विशेष सानो क्लब जस्तो मात्र भएको भन्ने महसुस भएकाले सोही अनुरुपको धारण हाम्रो पार्टीको पनि बन्न पुगेको छ । कथित कार्यपालिकाको निर्णयका नाममा हाल नगरपालिकाको गतिबिधी तथा निर्णयहरु अमर्यादित, विरोधाभाषपूर्ण भएकाले तारकेश्वर नगरपालिकाको विभिन्न निणर्य प्रति हाम्रो गौरवशाली पार्टी नेकपा एमाले घोर भत्र्सना गर्दै ११ बुँदे ज्ञापन पत्र पेश गर्दछ ।
१) २०७४ साल पछिका करारका कर्मचारीको मात्र म्याद थप नगर्ने नाममा कोहीलाई काखा कोहीलाई पाखा गरेर लामो समयदेखि सेवामा सर्मपित कर्मचारीहरुलाई अपमानजनक रुपमा हटाईएकाले अबिलम्ब म्याद थप गरि कर्मचारीहरुलाई हाजीर गराइयोस ।
२) नगरको व्ययभार भयो भनि स्वास्थ्य लगायतका करारका कर्मचारी हटाउने र आफ्नो अनुकुलको कर्मचारी भर्ती गर्ने कार्य तुरुन्त बन्द गरियोस ।
३) रोम जलिरहदा बाँसुरी बजाएर बसेझैं नगरमा समस्यानै समस्या भईरहदा उक्त समस्या समाधान तर्फ लाग्नुको सट्टा विदेश सयर गरि नगरको समस्यामा ध्यान नदिने प्रवृतीप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएकोले यस्ता कार्य बन्द गरियोस ।
४) संघिय शिक्षा ऐन र नियमावलीको बर्खिलाप विद्यालयलाई राजनैतिक केन्द्रको रुपमा अगाडी बढाउने शैलीले विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा स्वत वडा अध्यक्ष हुने भन्ने निर्णय प्रचलित ऐन र कानुनलाई समेत धज्जी उडाने गरी कमजोर मानसकिताको उपज गरिएको उक्त निर्णय तुरुन्त सच्चाइयोस ।
५) नगरले शिक्षाविद् नियुक्त गर्ने मापदण्ड के हो ? वरिष्ठ प्रधानाध्यापक कति समय प्रधानाध्यापक भएकालाई भनिने हो ? यसको जवाफ नगरपालिकाले दिनु जरुरी भएकाले उक्त प्रश्नको जबाफ तुरुन्त दिइयोस ।
६) २१ वटा सामुदायिक विद्यालयहरुमा भ्ऋम् शिक्षकको रुपमा लिखित परिक्षा संचालन भैसकेकोमा सोको तत्काल प्रकृया पुरा गरि विद्यालयमा पठाउने व्यवस्था गरियोस ।
७) पर्व मनाउने नाममा पार्टी आबद्ध संघ संस्थाका मार्फत कार्यकर्ताहरु जम्मा गरी नगरको बजेट मनलाग्दो रुपमा खर्च गरिनु गलत भएकाले यस विषयमा गम्भिर ध्यानाकर्षण भएकाले यस्ता कार्य पुन नदोहोरियोस ।
८) नगरका जिम्मेवार व्यक्तिहरुले सेवा सुविधाको नाममा महंगा मोवाइल खरिद गर्नु गलत भएकाले जनप्रतिनिधी जनताको सेवामा लाग्नुको सट्टा नगरको सेवा सुविधामा लिप्त भएको आम जनतामा भान भएकाले यस्ता त्रुटीहरु नदोहोरियोस ।
९) नगर सभा सम्पन्न भएको यतिका समयसम्म पनि बजेट सार्वजनिक नभएको आम जनगुनासो भएकाले अबिलम्ब निती कार्यक्रम तथा बजेट सार्वजनिक गरियोस ।
१०) नगर भित्रका सार्वजनिक सवारी साधन सञ्चालन हुने मुल सडकको अवस्था दयनिय भई यात्रुहरु जोखिममा भएकाले अबिलम्ब मर्मत गरि सहज यात्राको व्यवस्था गरियोस ।
११) नजिकिदै गरेको पर्वलाई मध्यनजर गरि हुनसक्ने चोरी, डकैती आदि नियन्त्रण गर्न आवस्यक शान्ती सुरक्षाको व्यवस्था गरियोस ।