• २०७९ साउन २४ गते मङ्गलवार

प्रमोदको सङ्गीत, मिलन र प्रतापको “साथी मेरो जीवन साथी”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । निरु त्रिपाठीको गीत र प्रमोद पन्तको सङ्गीतमा मिलन नेवार र प्रताप दासको गायन रहेको “साथी मेरो जीवन साथी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। नारायण दङ्गालको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङमा तयार यो गीतमा गीतकार त्रिपाठी स्वयंले अभिनय गरेकि छिन् ।

म्युजिक भिडियोको निर्देशन केशव राज भट्टले गरेका हुन् भने अभिनयमा बिकास लामिछानेले साथ दिएका छन्। म्युजिक भिडियो सम्पादन डिन्सन शाह र छायांकन बुद्ध थापाले गरेका हुन्। श्रीमान श्रीमति वीचमा हुने प्रेम र समर्पणको भाव रोमाञ्चक ढंगले देखाइएको गीतको भिडियो निरु त्रिपाठी युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस