• २०७९ असोज ९ गते आइतवार

सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, सिरहा  ।  सिरहाको गोलबजारमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डललको मृत्यु भएको हो ।

घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए ।

प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमको लागि शव प्रादेशकि अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस