• २०८१ बैशाख ६ गते बिहिवार

बालेनले बढाउँदै लगे अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं  ।  काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।

मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् ।

उनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस