• २०८० फाल्गुन १२ गते शनिवार

सुनको मूल्य ताेलामाा पाँच सय रुपैयाँले घट्याे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०,  काठमाडौँ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ ताेकिएकाे छ । यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस