• २०८१ असोज २२ गते मङ्गलवार

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्कनुभएको छ । ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा गत साता भर्ना हुनुभएका जोशी आज पाटनस्थित निवासमा फर्कनुभएको उहाँका भतिज अजर जोशीले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस