फागुन २, काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर कार्यालय पुगेका छन् । सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेका उनी हाजिर भने गर्न नपाइ फर्किए ।
सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न हिजो अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर क्षेत्री प्राधिकरण पुगेका थिए । प्राधिकरणका कानून अधिकृतले महान्यायाधिवक्ताको कार्यालयबाट थप व्याख्या हुनुपर्ने भन्दै हाजिर गर्न नदिएको क्षेत्रीको भनाइ छ ।