फागुन २, काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियमच्यालेन्जकर्पाेरेसन (एमसीसी)काकारण गठबन्धन नटुट्ने बताउनुभएको छ । ११औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकारोब) लगायतका प्रसारण संस्थाले आइतबार आयोजना गरेको अन्तरक्रियामाउहाँले सो स्पष्ट गर्नुभएको हो ।
“गठबन्धन विशेष परिस्थितिमाविशेष उद्देश्यसाथनिर्माण भएको हो । कुनै पनि समस्याको छलफल गरेर समाधानगरिनेछ”,उहाँले भन्नुभयो, “त्यसैले गठबन्धन टुट्दैन ।” सरकारकाप्रवक्ताको समेत जिम्मेवारी पाउनुभएका सञ्चारमन्त्रीकार्कीले यो विशुद्ध आर्थिक परियोजनाभएकाले यसमार्फत मुलुकको आर्थिक विकास हुने र परियोजना स्वीकार्न नसकेजलस्रोतको धनीहुँदापनि नेपालअन्धकारमा रहनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले थप्नुभयो, “यो परियोजनाबन्दकोठाबाटआएको होइन । डा. बाबुराम भट्टराई सरकारको पालादेखि यस परियोजनामा सक्रिय योगदान रहँदै आएको छ । एमसीसीबारे संसद्मा छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ ।” उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, सुशासन, मानवअधिकार, विधिको शासन र सामाजिक रुपान्तरणका लागि रेडियोको योगदान रहेको चर्चा गर्दै स्थानीयएफएम रेडियोले निर्वाह गर्दै आएको भूमिकालाई उच्चप्रशंसा गर्नुपर्ने बताउनुभयो ।
मन्त्रीकार्कीले गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय प्रशासरण नियमावली (११ औँ संशोधन) स्वीकृत गरेको जानकारी दिँदै नियमावलीसंशोधनभएकाले अबलामो समयदेखि थन्किएको इजाजत, नवीकरण, रोयल्टीलगायतका प्रक्रिया सहजहुने बताउनुभयो ।
उहाँले समाचारलाई अतिरन्जितनबनाई सकारात्मक सन्देश दिनसक्नुपर्छ भन्दै रेडियोलाई अझव्यवस्थित र प्रभावकारी बनाउन सरकार तयार रहेको धारणा व्यक्तगर्नुभयो ।
प्रतिनिधि सभाको कृषि सहकारी तथाप्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले जनताको पक्षमा सत्य, तथ्यविषय सम्प्रेषण गर्न रेडियोकर्मीलाई अनुरोध गर्नुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले सहरीकरणका कारण रेडियो सुन्ने श्रोताकमहुने जोखिम रहेकाले श्रोतालाई आकर्षित गर्ने कार्यक्रमउत्पादनमाध्यानदिनुपर्ने सुझावदिनुभयो ।
कार्यक्रममाब्रोडकास्टिङ एसोसिएसनअफ नेपाल (बान)काउपाध्यक्षउज्वलचौलागाईंले एक हजार वाटभन्दा बढी क्षमताका रेडियोको नवीकरणको समस्या रहेको गुनासो गर्नुभयो । अकोराबकाअध्यक्षअर्जुन गिरीले रेडियोको लोकप्रियता र विश्वसनियताकायमै रहेको बताउँदै पछिल्लो समय कोरोना सङ्क्रमण भएकै बेलापनि रेडियोकर्मीले सूचना प्रसारणमा निरन्तरतादिएको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।