पौष ३०, बर्दिया । बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट करिब ७ ग्राम ४ सय ४० मिलिग्राम अवैध लागूऔध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँके कोहलपुर नगरपालिका-५ बस्ने ३० वर्षीय तुलाराम शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको रा.१ प ८४५६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक शर्मालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।