पौष ३०, कास्की । पोखरा महागनरपालिका-१ भैरब चोकबाट नियन्त्रित लागूऔषध १ सय २१ एम्पुल डाइजेपाम, १ सय २१ एम्पुल फेनारगन र १ सय २१ एम्पुल नर्फिन सहित सोही महानगरपालिका-९ न्यूरोड बस्ने १९ वर्षीय रोहित बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।