• २०८१ असोज १ गते मङ्गलवार

डेंगु संक्रमणबाट एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौँ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि हेल्थ केयरले थप उपचारका लागि कात्तिक २३ गते काठमाडौँ रिफर गरेका थियो । कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा उपचारको क्रममा शनिबार राति उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस