• २०८१ फाल्गुन ७ गते बुधवार

रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, पाँच जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, रूपन्देही। गैडहवा गाउँपालिका–१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको छ ।कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भर समेत एकै परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएका थिए ।

उनीहरु घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस