• २०७९ असोज ९ गते आइतवार

गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९,गोर्खा ।  गोर्खाको गोर्खा नगरपालिका–५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

गोर्खा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोर्खा–७ सतिपिपलका २९ बर्षीय सुरज गुरुङ र सोही स्थानका १३ बर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था भने मध्यम रहेको छ ।

तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रीत भई पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस