• २०८१ साउन ८ गते मङ्गलवार

विश्वविद्यालयमा लागेको ताला खुलेकोमा अनेरास्ववियुद्वारा धन्यवाद ज्ञापन (विज्ञप्ति सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा विगत १४१ दिनदेखि लागेको तालाबन्दी पूर्ण रुपमा खुलेको अनेरास्ववियुले धन्यवाद व्यक्त गरेको छ । विश्वविद्यालयमा लागेको ताला खोल्न सहयोग गर्ने माननीयहरु, विद्यार्थी सङ्गठन, शिक्षा क्षेत्रका विद्वत्त वग, सुचना र समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमहरुलाई विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन गरेको हो ।

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तीमा लेखिएको छ : अनेरास्ववियुको निरन्तरको खबरदारी र दबाबमुलक आन्दोलनको बलमा हिजो मिति २०७९ जेठ २९ गते देखि त्रिभुवन विश्वविद्यालयमा विगत १४१ दिनदेखि लागेको तालाबन्दी पूर्ण रुपमा खुलेको छ । विभिन्न माग राखेर विश्वविद्यालय तालाबन्दी गर्ने सम्पूर्ण पक्षहरुलाई वार्ताको माध्यमबाट समस्या समाधानको निम्ति अग्रसर हुन आहन गर्दर्छाै साथै तालाबन्दी खुलाउन सकारात्मक भुमिका सहित संसदमा विषय उठान गर्नुहुने माननीयज्युहरु, विद्यार्थी सङ्गठन, शिक्षा क्षेत्रका विद्वत्त वग, सुचना र समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

प्रतिशोध र आग्रह÷पुर्वाग्रह भन्दा माथि उठेर सहकार्यबाट शिक्षा क्षेत्र बलियो र समृद्ध बनाउन एकजुट भएर अगाडि बढन् सम्पूर्णमा आग्रह गर्दछौं । त्रिभुवन विश्वविद्यालयलाई Centre For Excellence को रुपमा विकास गर्न अनेरास्ववियु सदैव रचनात्मक सहयोग गर्न तयार रहेको जानकारी गराउन चाहान्छौं । साथै अन्य सम्पूर्ण विश्वविद्यालयहरुमा समेत प्राज्ञिक वातावरण निर्माणको लागि सम्पूर्ण सरोकारवाला पक्षहरुलाई आहन गर्दछौं ।

प्रतिक्रिया दिनुहोस