• २०८१ साउन ८ गते मङ्गलवार

तारकेश्वर नगरपालिकाका स्थायी कर्मचारी आन्दोलित, नगर प्रमुखलाई ज्ञापन पत्र बुझाए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले नगर प्रमुख कृष्णहरि महर्जनलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन । तारकेश्वर नगरपालिकामा नयाँ नगर प्रमुख आएपछि भईरहेका गतिविधी र घटनाक्रमलाई लिएर कर्मचारीहरु ससंकित भएपछि त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने माग राखी स्थायी कर्मचारीहरुले नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा यहि जेठ २६ गते भूमि व्यवस्थापन शाखा प्रमुख चेतबहादुर सिंहलाई नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको थियो । सामान्य कमीकमजोरी गरेकोमा सिधै फिर्ता गर्ने काम भएकोमा कर्मचारीहरुले आपत्ती प्रकट गरेका छन् । सेवाग्राहीहरुले नगर प्रमुखको कार्यकक्षमा नै धम्क्याउने, थर्काउने र तर्साउनेजस्ता क्रियाकलाप हुँदा पनि प्रमुखज्यूले केही नबोली कर्मचारीहरुको अभिभावकत्व नलिँदा त्रासयुक्त वातावरण सृजना भएको ज्ञापन पत्रमा लेखिएको छ ।

त्यस्तै नगर प्रमुखले एक कार्यक्रममा बोलेको भिडियोमा नगरपालिकामा ढिलासुस्ती काम हुनुमा फाइलको प्रत्येक पानामा हजारको नोट हुँदा रहेछन् भनेर बोलेको कुरालाई नगरबासीहरुमा कर्मचारी र कार्यालयप्रति नकारात्मक असर परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ भने करारका कर्मचारी हटाउने हल्लाले करारमा जागीर खाई बाँच्ने आधार भएका कर्मचारीहरुमा समस्या पैदा हुने भएकाले घनिभूत छलफल गरेर मात्र उचित निर्णय लिन नगर प्रमुखलाई कर्मचारीहरुले अनुरोध गरेका छन् ।

यस्तो छ ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस