• २०८१ साउन ८ गते मङ्गलवार

१५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आज सम्पन्न

उद्धव खड्गी पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा नेवा: पत्रकार राष्ट्रिय दबु काठमाडौं जिल्ला शाखाद्वारा संचालन भएको १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। तालिममा ५७ जना प्रशिक्षाथी सहभागीले सहभागी जनाउनु भएको थियो ।

उक्त तालिम अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा केन्द्रित थियो। उक्त तालिम सुरेश किरण मानन्धर, वेदबहादुर राना मगर, प्रमिला मानन्धर, केपी ढुंगाना, शोभा महर्जन बज्राचार्य, मनोज रत्न शाही लगायतले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले यस कार्यक्रमका सहभागीहरुलाई यस प्रशिक्षण समाप्त पश्च्यात पनि निरन्तर यस क्षेत्रमा लागि रहनुपर्ने र पत्रकारितामा इमान्दारिताको खाँचो रहेको पनि औल्याउनुभयो।

कार्यक्रमका आयोजक नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौंका जिल्लाका अध्यक्ष अर्विन्द्रमान सिंहले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई धन्यवाद दिनुका सथै उज्वल भबिस्यको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस