बैशाख ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका छन् । उनले मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको बताए ।
स्थानीय तह निर्वाचनको परिणाम पाँच दलको भन्दा धेरै एमालेको पक्षमा आउने दावी गरेका छन् । उनले भने, ‘परिणाम नेकपा एमालेको पक्षमा आउँछ । प्रतिशतको हिसावले राम्रो । पाँच दलको भन्दा धेरै बढी एमाले एक्लैले जित्छ ।’
उनले एमालेको पक्षमा अपेक्षित परिणाम आउने भन्दै त्यस्तो परिणाम देखेर केही अवाञ्छित कृयाकलाप भएको बताए । ओलीले वैशाख नौ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन बैशाख ३० बाट पर सारौँ भनेर आफुलाई प्रस्ताव गरेको तर आफुले नमानेको बताए । ‘शेरबहादुरजीले बैशाख ९ गतेसम्म पनि मलाई ३० को निर्वाचन पर सारौँ भनेर भन्नुभएको तर मैले त्यसको विरोध गरेँ’, अोलीले भने, ‘उहाँहरुको नियत पहिला पनि देखेका हौ । गठबन्धनका नेताहरुले चैतमा सारौँ भनेर भनिरहेको हामीले सुनेको हो ।’