• २०८१ जेष्ठ ३१ गते बिहिवार

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपाका प्रवक्तासँग आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे दुई नेताबीच भेटवार्ता भएको हो ।

छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् । भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताएका थिए । नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो ।

प्रतिक्रिया दिनुहोस