• २०८१ असोज १९ गते शनिवार

आमाको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, नुवाकोट । प्रहरीले आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको हो । प्रहरीले आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका(१ नयाँबस्ती बस्ने ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति पक्राउ गरेको हो ।

भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस