• २०८१ मङ्सिर २२ गते शनिवार

प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौँ । प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने बताएका छन् ।नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बागमति प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्नुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘नामसँग नै रहर हो भने स्थानीय सरकार भनिदिउँला । यसको लागि सबै पार्टीसँग सहमति लिउँला । महत्वपूर्ण कुरा भनेको नाम भन्दा पनि काम हो । काममा ध्यान दिउँ,’ प्रधानमन्त्री देउवाले भने । उनले कार्यक्रममा उपस्थित नगरपालिकाका प्रतिनिधिहरुलाई जनतको काम छिटो छरितो गर्न आग्रह गरेका थिए । उनले जनताको सुख, दुःखमा सहभागी हुन पनि स्थानीय तहलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस