• २०८१ असोज २२ गते मङ्गलवार

कामु प्रधानन्यायाधीशमा दीपककुमार कार्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १,काठमाडौं । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतस् निलम्बित हुने हुँदा कार्की पनि स्वतः कामुप्रधानन्याधीश बनेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् ।

अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् ।

प्रतिक्रिया दिनुहोस