पौष २९, काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सिलवालले सामाजिक सञ्जालमार्फत आजबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् ।
उनले भनेका छन् , ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’