• २०८१ चैत्र १३ गते बिहिवार

राष्ट्रिय वन प्राविधिक सञ्जालको कर्णाली प्रदेश अध्यक्षमा देवकोटा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २९,वीरेन्द्रनगर ।नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत् चयन हुनुभएको छ ।

कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा बुधबार सम्पन्न प्रथम कर्णाली प्रदेश सम्मेलनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत चयन भएको हो ।समितिको उपाध्यक्षमा सिर्जना ओली रुकुमपश्चिम, सचिवमा प्रकाश खड्का रुकुमपश्चिम र कोषध्यक्षमा टासी टोपगेल तामाङ ९मुगु०, चयन हुनुभएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । त्यस्तै, सदस्यमा भूपालनाथ योगी ९कालीकोट०, रमित रावत रुकुमपश्चिम, सोनाम आचार्य चितवन, विपना खड्का मगर रुकुमपश्चिम, सुरेन्द्र पुन मगर जाजरकोट, टोपेन्द्र गिरी दाङ र धर्मेन्द्र बुढ्थापा जुम्ला चयन हुनुभएको उहाँले बताउनुभयो ।

नवगठित प्रदेश कार्यसमितिका अध्यक्ष देवकोटाले मूलतः जलवायु परिवर्तनसम्बन्धी कार्य गरी जैविक विविधता संरक्षण गर्ने र वन विज्ञानको शैक्षिक गुणस्तर कायम गरेर वन स्रोतबाट आर्थिक समृद्धि हासिल गर्दै सो क्षेत्रमा रोजगारी सिर्जना गर्ने आगामी योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस