असोज २६,काठमाडौँ। नेकपा एमाले परित्याग गरेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न त्रिभुज दिएको भूसालले बताए ।
उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको रुपमा व्याख्या गरेका छन् । भुसाललाई सत्ता गठबन्धनको समर्थन छ ।