• २०८१ चैत्र १२ गते बुधवार

दुई देशका राजदूतद्वारा पद तथा गोपनीयताको शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका दुई देशका राजदूतले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कालगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस