• २०७९ असोज ९ गते आइतवार

धरानमा रेड पाण्डाको छालासहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, सुनसरी। धरान उपमहानगरपालिका–१५ श्यामचोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् ।

उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस