असार २८, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्रि केसीलगायतका प्रतिनिधिले सरकारले संशोधनसहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐनबारे छलफल गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नुपर्ने विषय प्रतिनिधिसभाले नै गर्ने बताए । साथै, उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पूरा गरिदिने जानकारी गराए ।
यस कार्यक्रममा उपाध्यक्ष महेशकुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति थियो ।