• २०८१ साउन ८ गते मङ्गलवार

मोहन्याल गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न नपाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, कैलाली। निलम्बित मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कुनै अधिकार प्रयोग गर्न नपाउने भएका छन् । भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन जारी गरेको छ ।

निलम्बन अध्यक्ष उपाध्यायलाई मतदान गराउने वा नगराउने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतले प्रमुख निर्वाचन आयुक्तलाई पत्राचार गरेका थिए । त्यसैको आधारमा मुख्य निर्वाचन अधिकृत जनानद पनेरुलेले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई पत्राचार गरेका हुन् ।

यससँगै उपाध्यायले भोलिको जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् ।

Avatar

प्रतिक्रिया दिनुहोस