• २०८१ साउन ८ गते मङ्गलवार

ईप्रका जमुनाह प्रहरीले सिमा नाकाबाट लागुऔषध सहित ५ जना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, बाँके । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन । भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम खैरो हिरोइन फेला परेको हो ।

उनिहरुले उक्त हिरोइन पुरिएया बनाएर भित्रयाउने तयारी गरेका थिए । झोलामा १८ पुरिया फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सई माधब रिजालले जानकारी दिनुभएको छ । भारतबाट नेपाल आउदै गरेका दुइ जना पनि खैरो हिरोइन सहित पक्राउ परेका छन । उनिहरु पनि लमहीकै हुन । पक्राउ पर्नेमा लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवंर रहेका छन ।

श्रेष्ठ र कुवंरको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले नाकामा चेकजाँच गरेको थियो । त्यसक्रममा श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाएर ल्याइएको ७ ग्राम खैरो हिरोइन फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस