• २०८१ साउन १ गते मङ्गलवार

राजधानी किभ नजिकै पुग्यो रुसी सेना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौँ । किभ—रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका छन् ।

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ । दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनःः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ ।

युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस