• २०८१ बैशाख १३ गते बिहिवार

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । टोखा नगरपालिकामा कोरोनाका कारण स्थगन भएको ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु गरिएको सो कार्यक्रम यही माघ ११ देखि कोरोनाका कारण स्थगन भएको थियो ।

‘म स्वस्थ, मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम फागुन १ देखि पुनः सुरुआत गर्न लागिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । टोखाले नगरवासीलाई स्वस्थ्य राख्ने उद्देश्यले मङ्सिर २८ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको थियो ।

टोखाले मेयर दीर्घायु कार्यक्रम पुनः सञ्चालन भएसँगै वडामा नाम दर्ता गराउन नगरवासीलाई अनुरोधसमेत गरेको छ । टोखाले नगरपालिकाभित्र रहेका अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्ष्य गरेर उक्त कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुका साथै रु ३० लाख बजेटसमेत विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस