• २०८१ साउन ८ गते मङ्गलवार

त्रिशुली प्रशारण लाइनमा झुन्डिएकाको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, नुवाकोट । ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि सेनाको टोलिले उद्धार गरेको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए । बिहान १० बजे बिजुलीको पोलमा चढेर तारैतार यात्रा थालेका उनले दिनभर सबैको ध्यान खिचेका थिए । प्रेम पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली-३ ए को उत्पादन नै बन्द गरेको थियो । उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ ।

यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ । १० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस