• २०८१ साउन ८ गते मङ्गलवार

भान्जाद्वारा मामाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरमा भान्जाले मामाको हत्या गरेका छन् । बारीमा काम गर्ने क्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवि विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् ।

तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहारबाट गम्भीर घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रविलाई नियन्त्रणमा लिएर अनुसन्धान गइरहेको छ ।

काठमाडौंमा बस्ने रवि नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए । घर आएपछि रवि मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए ।

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले हत्यामा संलग्न रविलाई लालबन्दी प्रहरीको हिरासतमा राखी अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस